कञ्चनपुरमा झण्डै साढे २ लाखको अवैध सामान बरामद
धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै २ लाख बराबरको अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्ट र बोर्डर आउट पोष्ट बेलौरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक राजेन्द्र प्रसाद भट्टको कमाण्डमा खटिएको टोलीले अवैध सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका अनुसार जिल्लाको लालझाडी गाउँपालिका १ र २ ईलाकाबाट युरिया मल, र हार्डवयरका समानसहित २ लाख ३७ हजार बराबरको अवैध सामान बरामद गरिएको हो।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।