सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीमा बहुप्राविधिक शिक्षालयको उद्घाटन

२०७७ मंसिर १८, ०३:४० रासस

डडेल्धुरा: अमरगढी नगरपालिकाले अमरगढी बहुप्राविधिक शिक्षालयको शाखा कार्यालय स्थापना गरिएको छ।

चालु शैक्षिक सत्रदेखि स्वास्थ्य शिक्षा डिप्लोमा तहका शैक्षिक कार्यक्रम पठनपाठन गराउने गरी कार्यालय खोलिएको अमरगढी नगरपालिकाले जनाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट स्वीकृत भई नेपाल सरकारबाट सम्बद्र्धन प्राप्त गरी बहुप्रविधिक धारका विषय पढाइ गरिने भएको छ।

अमरगढी नगरपालिका डडेल्धुराद्वारा सञ्चालित अमरगढी बहुप्राविधिक शिक्षालयले अमरगढी नगरपालिका–५ मा सम्र्पक कार्यालय स्थापना गरेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए। उनले भने “आज शिक्षालयको सम्र्पक कार्यालयको उद्घाटन गरी विधिवत् रुपमा कार्यालयले कामकाज शुरु गरेको छ।” 

डडेल्धुरा अस्पतालको प्राविधिक सहयोग र अमरगढी नगरपालिकाले सञ्चालन गर्न थालेको स्वास्थ्य शिक्षातर्फ डिप्लोमा तहका सात वटा कार्यक्रम चालू शैक्षिक सत्रबाट नै सञ्चालन गर्न पाउने गरी अनुमति पाएको छ। चालू शैक्षिक सत्रदेखि नै डिप्लोमा तहका कार्यक्रम पठनपाठन गराउने गरी अमरगढी नगरपालिकाले काम अगाडि बढाएको छ।  

स्वास्थ्य शिक्षातर्फ डिप्लोमा तहका स्टाफ नर्स, ल्याब टेक्निसियन, फार्मेसी, डेण्टल, सामान्य चिकित्सा, डायलासिस रेडियोलोजीलगायत विषयमा ४०÷४० जना विद्यार्थी अध्यापन गर्न पाउने गरी अनुमति पाएको हो। 

अमरगढीले सरकारी आङ्गिक प्राविधिक क्याम्पसका रुपमा अनुमति पाएकोले गरिब जेहेन्दार र आर्थिक विपन्न विद्यार्थीलाई कम शुल्कमा प्राविधिक शिक्षा अध्ययन गराउने छ।

कमेन्ट लोड गर्नुस