सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट २ जना घाइते

२०७७ मंसिर १७, ०७:२४ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा गएराति मोटरसाईकलले पैदल यत्रीलाई ठक्कर दिँदा चालकसहितका २ जना घाइते भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिका भीम वस्तीस्थित मोटरसाईकलको ठक्करबाट पैदल यात्री सोही ठाउँका २७ वर्षीय हिमाल गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। गुरुङको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

उनको टाउको र हातमा चोट लागेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै मोटरसाईकल चालक अमरबस्ति बस्ने रबिन बस्नेत पनि घाइते भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस