दिनेश सपद्धारा ओम ट्रेडलाई वाशिग मेशिन उपहार प्रदान
धनगढीः दिनेश सपले धनगढीको ओम ट्रेडलाइ वाशिग मेशिन उपहार प्रदान गरेको छ ।
सपले वाशिग मेशिन सहित अन्य थप उपहार समेत दिएको सपका सञ्चालक देवेन्द्र हमालले जानकारी दिए । मंगलबार साझ ओम ट्रेडमा बिजेता सुवाश पडाललाई मेशिन सहितका अन्य सामाग्री हस्तान्तरण गरिएको हमालले बताए ।
२ महिनाका लागि सपले उपहार योजना ल्याएको थियो । ग्राहकहरुलाई कुपनको आधारमा उपहार प्रदान गरिएको हो । दिनेश सप २५ करोडको लगानीमा कैलालीको पहलमानपुरमा २०७६ को चैतबाट सञ्चालनमा आएको थियो । लुगा धुने पाउडर, साबुन, भाडा धुने साबुन र साबुनजन्य अन्य समाग्री समेत उत्पादन गर्दै बजारमा पठाइएको हो ।