सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भाटभटेनी सुपरस्टोर, १ अर्ब रुपैयाँको लगानी!

धनगढीमा निर्माण हुने भाटभटेनीको भवन डिजाइन ।
धनगढीमा निर्माण हुने भाटभटेनीको भवन डिजाइन ।
२०७७ मंसिर १५, ०२:३५ नारायण अवस्थी

धनगढी: कैलालीको धनगढीमा भाटभटेनीको २३ औं शाखा शिलान्यास भएको छ ।

धनगढी उपमहानगरपालिका ३ बोराडाँडीमा आउँदो २०७८ फागुनमा सञ्चालनमा ल्याउने उदेश्यका साथ सोमबार भाटभटेनीको शाखा शिलान्यास गरिएको हो ।

भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङका अनुसार १५ कठ्ठा जमिनमा १ अर्बको लागतमा विशाल भवन निर्माण हुने भएको छ । जसमा २ वटा मल्टीप्लेक्स सिनेमा हल, केएफसीलगायतका क्याफेसहितका संरचना बन्ने भएका छन् ।

भाटभटेनीबाट यहाँको कृषि, उद्योगमा टेवा पुुग्ने विश्वास लिइएको छ । कम्तीमा  साढे २ सय जनालाई रोजगारी प्रदान गर्न सकिने सञ्चालक गुरुङको दाबी छ ।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस