बैतडी गौहत्या प्रकरणः अभियुक्तको बयान ‘भीरबाट धकेलेर मारेका थियौं गाई’
धनगढी: शुक्रबार(मंसीर ५ गते) बैतडीको पुर्चौडी नगरपालिका–६ को सिगास सामुदायिक वन क्षेत्र अन्तरगतको भेरीखोला मुहानमा १४ वटा गाई मृत अवस्थामा भेटिएका थिए।
प्रहरीले गाई हत्याको आरोपमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका २४ वर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरेको थियो।
पक्राउ परेका लक्ष्मण पार्कीले आफुसहित अर्का फरार रहेका सुरेश पार्कीले गाईको हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन्। पाटन नगरपालिकाबाट ‘गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर लगेका गाई मध्ये केहीलाई बेचेको र बाँकीलाई भीरबाट धकेलेको उनले प्रहरीलाई बयानलाई दिएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले पार्कीले पालैपालो भीरबाट गाई खसालेको भनी बताएको जानकारी दिए। ‘केही गाई बेच्यौं र रातको समयमा १४ गाईलाई एक-एक गरी भीरबाट धकेलेर मार्यौ’ पार्कीले दिएको बयान उदृत गर्दै डिएसपी अधिकारीले भने।
उनका अनुसार पार्कीविरुद्ध गौहत्या सम्बन्धी मुद्धा दर्ता गरी सुक्ष्म अनुसन्धान भइरहेको छ। अर्का फरार रहेका अभियुक्त सुरेश पार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार :
हिन्दूहरूले पुज्ने गाई माथि सुदूरपश्चिममा मानिस किन यति क्रुर
बैतडीमा मृत फेला परेका गाई हत्याको आशंकामा एक जना पक्राउ
बैतडीमा गाई मृत भेटिएको घटना रहस्यमय, प्रहरी घटनास्थलतर्फ