सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नो मोबाइल चलाएको भन्दै दाइले गरे भाइको हत्या

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ मंसिर ८, ०२:२८ खबर संवाददाता

धनगढी : एक दाईले आफ्नो मोबाइल चलाएको भन्दै भाईको हत्या गरेका छन् । बुधवार साझ भारतको राजस्थानमा दाई भाइलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन । 

खासमा रोय नाम गरेका १२ वर्षीय बालकले आफ्नो दाइको मोबाइल डेटा सकिदिएपछि रिसाएका दाइ रमनले उनलाई चक्कु हानेका थिए । 

चक्कु प्रहारपछि रमन घरबाट फरार भएका थिए । अहिले प्रहरीले उनलाई पक्राउ गरिसकेको छ । रमनको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ ।

रमन र रोयका पिता कैलाशदान चारणले २३ वर्षअघि जापानी महिलासँग विवाह गरेका थिए । उनका तीन छोरी र दुई छोरा थिए । -ऐजेन्सी

कमेन्ट लोड गर्नुस