धनगढीका कोरोना संक्रमितको मृत्यु

२०७७ मंसिर ५, ०२:४५
धनगढीः धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कार्तिक २५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको जानकारी दिए ।

यो सँगै सुदूरपश्चिममा कोरोना सक्रमित मृतकको संख्या ५० पुगेको छ ।
कमेन्ट लोड गर्नुस