सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीमा जुवा खालबाट पक्राउ परेका ११ जना सार्वजनिक

२०७७ कार्तिक १६, ०४:२७ खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार अमरगढी नगरपालिका–५ सुंगुरखालीमा जुवाखालबाट पक्राउ परेका ११ जनाको नाम सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा वडा नम्बर ५ का ३३ वर्षीय मनोज सिजापती, ४८ वर्षीय सुन्दर जैरु, ३८ वर्षीय ज्ञानेन्द्र पाल्पाली, ५१ वर्षीय कृष्ण रायमाझी, २७ वर्षीय जयबहादुर पुनमगर,  ३० वर्षीय मिलन पाल, ३५ वर्षीय गणेश थापा, ३५ वर्षीय सनी पाल्पाली, वडा नम्बर ४ का  ४८ वर्षीय इन्द्रबहादुर थापा, भागेश्वर गाउँपालिका–५ का ४१ वर्षीय राजेन्द्र नाथ र बैतडीको पाटन नगरपालिका–९ का ३५ वर्षीय लोकेश भट्ट रहेका छन् ।  

१८ हजार नगदसहित पक्राउ परेका उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

प्रहरीले २ दिनपछि उनीहरुको नाम सार्वजनिक गरेको हो ।  
 

कमेन्ट लोड गर्नुस