जुवाको खालबाट पूर्वमन्त्रीसहित १० जना पक्राउ
काठमाडौः जुवाको खालबाट पूर्व राज्यमन्त्री खोभारी राय यादवसहित १० जनालाई पक्राउ परेका छन् ।
शनिवार दिउँसो २ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त उनहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १ लाख ५३ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ।
राय उनी २०६४ सालको संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्वर ५ वाट निर्वाचित भएका थिए ।
पूर्वमन्त्रीसँगै काभ्रे रोशी गाँउपालिका बिक्रम लामा, देवेन्द्र श्रेष्ठ, काभ्रे तेमाल गाँउपालिका धर्मलाल तामाङ, काभ्रे रोशी गाँउपालिका उत्तर कुमार लामा,धादिङ्ग गल्छी गाँउपालिका वडा नम्बर ६ का सन्तोष लामा, काभ्रे तेमाल गाँउपालिकाका जितपुर लामा, भोजपुर पर्वत भण्डारी, काभ्रे रोशी गाँउपालिका सबिन लामा र काभ्रे तेमाल गाँउपालिका कान्छा तामाङ पक्राउ परेका छन् ।