कञ्चनपुरमा सुख्खा बन्दरगाहको लागि प्राविधिक अध्ययन सुरु
धनगढी : कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका १ मा हुने भनिएको सुख्खा बन्दरगाहको निर्माणको लागि प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित आएको प्राविधिक टोलीले आइतबारबाट अध्ययन सुरु गरेको हो ।
महाकाली नगरपालिका १ स्थित मायापुरी र शिवशंकर सामुुदायिक वन क्षेत्रमा निर्माण हुने भएको हो ।
सुख्खा बन्दरगाह संगै अन्तरदेशीय व्यापरिक केन्द्र समेत स्थापना हुने जनाइएको छ । अध्ययन टोली संगै पुगेका मन्त्री भट्टले सुख्खा बन्गरगाह निर्माणको अब काम द्रुत गतिमा अगाडी बढ्ने दाबी गरे ।
जसले सुदूरपश्चिम प्रदेशको विकासको ढोका समेत खोलिने मन्त्री भट्टको भनाइ थियो । अध्ययन टोलीमा मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, औद्योगिक क्षेत्र लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत लगायतको टोली रहेको छ । टोलीले कञ्चनपुरकै दैजी छेला औद्योगिक क्षेत्रको पनि अध्ययन गर्ने कार्यक्रम रहेको छ ।