सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुखुराले प्रहरीको हत्या गरेपछि...

२०७७ कार्तिक १५, ०१:५४ खबर संवाददाता

धनगढी: संसारमा अनौठा अनौठा घटना घटिरहन्छन् । त्यस्तै एउटा अचम्म लाग्दो घटना केही दिनअघि  घटेको छ । जहाँ एउटा भाले कुखुराले एक प्रहरीको हत्या गरीदिएको छ । 

फिलिपिन्सको उत्तरी समर प्रान्तमा छापा मार्न गएका प्रहरी अधिकारीको भालेको खुट्टामा राखिने गाफ भनिने तीखो बिलेड लागेपछि मुत्यु भएको छ । 

अवैध रूपमा गराइएको भालेजुधाइ रोक्नका लागि छापा मार्न गएका लेफ्टिनेन्ट क्रिस्टिन बोलोकलाई कुुखुरोले मारेको हो ।  

बिलेडले उनको देब्रे तिघ्रा काटेको थियो र त्यसक्रममा फेमोरल आर्टरी पनि काटियो । उनलाई तत्कालै अस्पताल लगियो तर त्यहाँ पुग्नुअगावै उनको मृत्यु भएको थियो । 

कोरोना महामारीका बेलामा त्यहाँ भालेजुधाइमा प्रतिबन्ध लगाइएको छ । 

घटनापछि तीनजनालाई पक्राउ गरिएको छ भने ७ वटा भाले पनि बरामद गरिएको छ । तीन अन्य आरोपित फरार रहेको पीएनएले लेखेको छ । -एजेन्सी

कमेन्ट लोड गर्नुस