सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते

२०७७ कार्तिक १५, ०९:३४ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको चौमालामा से १ प ६२१९ नम्बरको मोटरसाइकलको ठक्करबाट वडा नम्बर २ कटानपुर बस्ने ७० वर्षीया कुलदेवी साउद घाइते भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते साउदको टाउको र बाँया खुट्टामा चोट लागेको छ ।

उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

मोटरसाइकल चालक गौरीगंगा नगरपालिका वडा नम्बर २ कै २३ वर्षीय घनश्याम चौधरीलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ । 

 
 

कमेन्ट लोड गर्नुस