रवि लामिछानेलाई कोरोना संक्रमण पुष्टि
धनगढीः टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
लामिछाने सहित उनकी श्रीमती निकिता पौडेललाई संक्रमण देखिएको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’