सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख पुग्यो

२०७७ कार्तिक १२, ०५:२३ रासस

मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ । 

गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र पाँच हजार ९४२ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताएका छन् । 

मेक्सिकोमा ९ लाख १ हजार २६८ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ८९ हजार ८१४ जनाको मृत्यु भएको जनाइएको छ । हाल ५२ हजार ४२८ जना कोरोना भए नभएको परिक्षण गराई परिणामको पर्खाईमा रहेका जनाइएको छ ।
 

कमेन्ट लोड गर्नुस