सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव:प्रदेशभर वर्षा र हिमपातको सम्भावना

२०८२ चैत्र ६, १२:५८ खबर संवाददाता

धनगढीः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरू तथा अन्य प्रदेशका हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस