कैलालीमा २ लाख २३ हजार नगद सहित ५ जुवाडे पक्राउ
धनगढीः कैलालीमा २ लाख २३ हजार नगद सहित ५ जुवाडे पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट गएराती नगद सहित पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा गौरीगंगा–६ का भक्त बहादुर शाही, राम बहादुर साउद,डम्बर शाही, रङ्ग शाही र वीर बहादुर साउद रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
उनीहरुलाई गएराती नै इलाका प्रहरी कार्यालय मालाखेतीमो जिम्मा लगाइएको थियो ।