कैलालीमा महिला बलात्कारका आरोपी पक्राउ
धनगढीः कैलालीमा महिलामाथि बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा ३२ वर्षीय पुरुषले ३४ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको मुद्दामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार सोमबार राति महिलामाथि करणी भएको हो ।
पुरुषलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको बोहराले बताए । घटनाको थप अनुसान्धानसमेत थालिएको उनले बताए ।