सुदूर नेपाललाई विश्वसँग जोड्दै

पैसा कमाउने गजबको काइदा : धनगढीका ३ दिदीबहिनी बिक्री गर्दै मौलिक परिकार

२०७७ कार्तिक ८, ०७:२५ कमल सावद

धनगढी : कोरोना संक्रमणको त्रासले अहिले अधिकांश महिलाहरु घरमा छन् । घरबाट बाहिर निस्किएपछि के पो हुने हो ? कोरोना पो लाग्ने हो कि ? भन्ने त्रास उत्तिकै छ । घरको काम बाहेक महिलाहरुले अन्य काम गर्न नपाएको र फुर्सदिलो भएको बताउँदै आएका छन् । उनीहरु घरको काम र छोराछोरीको स्याहार–सुसारमा मात्र सीमित छन् । 

तर धनगढीको एक परिवारका महिलाहरुले भने दशैँ–तिहारको बेला पैसा कमाउने गजबको काइदा निकालेका छन् । उनीहरु अहिले बिहानैदेखि भान्सामा ब्यस्त हुने गरेका छन् । ३ जना मिलेर उनीहरुले सुदूरपश्चिमका मौलिक परिकारहरु बनाउन जुटेका हुन् । कार्तिक १ गतेदेखि व्यवसायको सानो स्वरुपसहित घरमा फिनी, अनर्सा, गुजिया, सिन्कीमारीलगायत परिकार बनाउन थालेका छन् । 

धनगढी उप–महानगरपालिका वडा नम्बर २ बैयाबेहडीकी सरस्वती शाहीकी ३ दिदी–बहिनीले व्यावसायिक रुपमा मौलिक परिकारहरु बनाउन थालेका हुन् । मौलिक परिकार बनाउन थालेको एक हप्ता नहुँदै उनीहरुलाई काम गर्न भ्याई–नभ्याई भएको छ । 
शाही भन्छिन्, ‘दैनिक १०-१५ हजारको अर्डर आउने गरेको छ । तर हामीले पु¥याउन सकेका छैनौँ । ३ दिदीबहिनी मात्र छौँ । दिनभरी काम गर्न पनि सकिदैन ।’

दशैँ शुरु भएकाले ब्यस्त रहने महिला तथा पकाउन नआउनेहरुले मौलिक परिकारहरु खरिद गर्दै आएका छन् । अन्य वर्षको दशैँ–तिहारमा छिमेकीहरुको घरमा गएर परिकार बनाउन सहयोग गर्ने शाही दिदीबहिनीले यो वर्ष भने व्यावसायिक रुपमा मौलिक परिकार बनाउन थालेका हुन् । उनीहरुले प्रति वटा ९पिस०को रकम लिदै आएका छन् । 

शाहीका अनुसार प्रति अनर्साको ५० रुपैयाँ, प्रति फिनीको ४० रुपैयाँ तथा गुजिया र सिन्किमारीको २०/२० रुपैयाँ लिदै आएका छन् । उनीहरुले अचारसमेत बनाएका छन् । लसुनको अचार प्रति किलोको १ हजार २ सय लिदै आएको शाही बताउँछिन् । सुदूरपश्चिमका मौलिक परिकारको पहिलो पटक व्यवसायीकरण गरिएको उनको दावी छ । 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस