थारु भाषाको बालगीत ‘उक्रुङ बुक्रुङ’ को म्युजिक भिडियो सार्वजनिक
धनगढी : थारु भाषाको पहिलो बालगीत ‘उक्रुङ बुक्रुङ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
थारु बालबालिकाले अत्याधिक रुचाइएको बालगीत ‘उक्रुङ बुक्रुङ’ म्युजिक भिडियो सार्वजनिक भएको हो ।
हमार म्युजिक बगियाको अफिसियल युट्यूव च्यानलमार्फत सो बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले एक कार्यक्रमका बीच शुक्रबार विमोचन गरेका थिए ।
सो म्युजिक भिडियोमा मनिष थारू, श्रविना चौधरी, ऋष्टिना चौधरी, सानु हरडिउला ब्रेभिया चौधरी लगायत बालकलाकारले अभिनय गरेका छन् ।
शब्द संकलन इन्दु थारूको रहेको गीतमा संगीत संयोजन सिएल चौधरीको रहेको छ । बाल कलाकार मनिष थारू र अमृता चौधरीले सो गीतमा स्वर दिएका छन् ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)