सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

२०८३ भदौ २०, ०८:५४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले ३० लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब ३० लाख १९ हजार ४ सय ४० रुपैयाँ बराबरका सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद सामानमा सुर्ती, विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले, बिस्कुट, प्लास्टिक झिल्ली, भारतीय नम्बर प्लेटको स्कारपिओ र एउटा मोटरसाइकल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले शुक्रबार ती सामान बरामद गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस