सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०७७ कार्तिक ६, ११:४१ खबर संवाददाता

धनगढी–बसको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरिएको छ। नेपाली काँग्रेस क्षेत्र नम्बर २ की कोषाध्यक्ष भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएपछि राजमार्ग अबरुद्ध पारिएको हो।

विहिबार विहानदेखि सुखडस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्द भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालयमा अहिले छलफल समेत चलिरहेको जनाइएको छ। बुधबार साँझ लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया रेग्मीको बसको ठक्करबाट मृत्यु भएको थियो।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकलमा सवार रेग्मीलाई सोही दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको हो। मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका रामबहादुर चौधरी घाईते भएका छन्।

ठक्कर दिने बसका चालक ३६ वर्र्षीय खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय सुखडले जानकारी दिएको छ। 

 

कमेन्ट लोड गर्नुस