सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक ६, ०६:१५ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको बीहिबार राती मृत्यु भएको हो ।

यस्तै मोटरसाइकलको पछाडी सवार  लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् ।

उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 
 
 

कमेन्ट लोड गर्नुस