मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
२०७७ कार्तिक ५, ०६:२२
काठमाडौं: टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मकवानपुरको चुरियामाई–१ घर भएका २५ वर्षीय सञ्चालाल गोलेको मृत्यु भएको छ ।
उनी सवार ना५०प २५७६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको टिपरले बुधबार दिउँसो ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपरसहित चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट लोड गर्नुस