सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलि गरी ल्याइएका सामान बरामद

file photo
file photo
२०८२ चैत्र २, १२:१३ खबर संवाददाता

कैलाली: कैलालीको टिकापुर नगरपालिका–४ मौरनियाबाट भारतबाट भन्सार छलि गरी अवैध रूपमा ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी मूल्य करिब रु. ७२ हजार १०० बराबरका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा सकेट पाइप, रेक माल, पिलेन सकेट, एल सकेट, बोल्ड सकेट, टी–सकेट लगायतका सामग्री रहेका छन्।

प्रहरीका अनुसार उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस