सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीका थप एक जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ५, ०६:०० खबर संवाददाता

धनगढीः डडेल्धुराका थप एक जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले डडेल्धुराको अमरगढी नगरपालिका–५ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसअघि बुधबार नै डडेल्धुरा प्रयोगशालाको परीक्षण दार्चुलाका ५० जनामा संक्रमण देखिएको थियो । 

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८९ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ ।
 

कमेन्ट लोड गर्नुस