डडेल्धुराका ४ व्यापारी, एक शिक्षक र एक निर्माण व्यवसायीलाई कोरोना संक्रमण
धनगढी : मंगलबार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा डडेल्धुराका ६ जना र बैतडीका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
डडेल्धुराका ६ संक्रमित मध्ये ४ जना अमरगढी नगरपालिका–५ स्थित सदरमुकाममा व्यवसाय सञ्चालन गरिरहेका व्यापारी रहेको, त्यसैगरी वडा नम्बर ११ फिन्नेकोटका एक शिक्षक र गन्यापधुरा गाउँपालिका–१ भात्काँडा निवासी एक निर्माण व्यवसायी रहेको खुलेको छ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। संक्रमित भेटिएपछि उनीहरुको स्थिती बुझिरहेको र अहिलेलाई बजार क्षेत्र सिल नगर्ने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वप्रसाद ओझाले बताए।