सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो

२०७७ कार्तिक ४, १२:५९ खबर संवाददाता

धनगढीः मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको खुलेको छ ।

साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको जानकारी दिए ।

यस्तै प्रहरी सहायक निरिक्षकको हराएको पेस्तोल पनि नदीमै भेटिएको उनले बताए । 

गत शनिबार राती अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिकसँगै साउद पनि नियमित गस्तीमा खटिएका थिए ।

प्रहरी सहायक निरिक्षक आइतबार बिहान नेपाल–भारत सीमा स्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १० को मोहना नदीमा हत्या गरेको अवस्थामा फेला परेका थिए ।

बिक भेटिएको स्थानदेखि २ सय मिटर टाढा साउदको शव आज बिहान भेटिएको हो । यसैबीच दुवै प्रहरीको हत्यामा संलग्न अपराधिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पक्राउ परेका १६ जना मध्ये केहीले हत्या गरेको स्वीकार गरिसकेका छन् भने केही व्यक्तिहरु अझै भागिरहेकाले खोजी भइरहेको छ ।

उनीहरुले तस्करीको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरी हत्या गरेको प्रहरी समक्ष बयानका क्रममा स्वीकार गरेको स्रोतको भनाई छ ।

खेतमा हत्या गरेर दुवै प्रहरीलाई नदीमा बगाउने उद्देश्यले फालिएको उनीहरुले बताएका छन् । 

सम्बन्धित समाचार 

वेपत्ता प्रहरी जवानका परिवारमा जिवितै छ, आशाको त्यान्द्रो

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

प्रहरी जवान साउदको शव मोहना नदीबाट निकालियो (फोटो फिचर)

६० घण्टादेखि वेपत्ता प्रहरी जवानको अवस्था अझै अज्ञात

कमेन्ट लोड गर्नुस