सुदूर नेपाललाई विश्वसँग जोड्दै

६० घण्टादेखि वेपत्ता प्रहरी जवानको अवस्था अझै अज्ञात

२०७७ कार्तिक ४, ०९:०९ खबर संवाददाता

धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ ।

झण्डै ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको अवस्था अझै अज्ञात रहेको हो । प्रहरीले उनको खोजी कार्य जारी राखिएको बताएपनि अझै अवस्था अज्ञात रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको खोजी भइरहेपनि अवस्थाबारे पत्ता नलागेको जानकारी दिए ।

‘हामीले उनको खोजीका लागि टोली परिचालन गरेका छौँ । सशस्त्र प्रहरी बलले पनि सघाइरहेको छ । तर अझै अवस्था अज्ञात छ ।’ उनले भने, ‘उनको मोवायलको समेत प्राविधिक विश्लेषण गरिरहेका छौँ ।’

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।

बिकको आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ ।

संलग्न मध्ये केही अझै भागिरहेकाले खोजी तिव्र पारिएको  छ ।

सम्बन्धित समाचार 

वेपत्ता प्रहरी जवानका परिवारमा जिवितै छ, आशाको त्यान्द्रो
 

कमेन्ट लोड गर्नुस