डडेल्धुरा र बैतडीका थप ७ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक ४, ०९:४५
धनगढीः डडेल्धुरा र बैतडीका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले डडेल्धुराको अमरगढी नगरपालिकाका ५ जना, गन्यापधुरा गाउँपालिकाका १ र बैतडीको डिलाशैनी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७३ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ ।
कमेन्ट लोड गर्नुस