सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा दशैंभत्ता नलिने घोषणा

२०७७ कार्तिक ३, ०५:१५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दशैंभत्ता नलिने घोषणा गरेका छन्। सोमबार धनगढीस्थित सचिवालयमा पत्रकारसँगको भेटघाटमा उनले यस्तो बताएका हुन। 

उनले भने, ‘मानव जातिनै कोरोना महामारीले आक्रान्त रहेका बेला मन्त्री सांसदले दशैँ भत्ता लिनु जायज होइन लागेर मैले नलिने घोषणा गरेको हुँ।’ 

उनले नियम कानूनले सांसद र राष्ट्रसेवक कर्मचारीलाई दशैं भत्ता दिएकाले अरुलाई दिने वा नदिने भन्दा पनि आफुले नलिने घोषणा गरेको बताएका छन्। 

कमेन्ट लोड गर्नुस