सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीले भने– महामारीमा दशैंभत्ता बुझ्दैन्
धनगढी: सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दशैंभत्ता नबुझ्ने बताएका छन्। मन्त्री सुवेदीको निजी सचिवालयका अनुसार सोमबार धनगढीस्थित आफ्नो निवासमा पत्रकारसँगको भेटघाटमा उनले दशैं भत्ता नलिने बताएका हुन।
सिंगो मानव समुदाय कोरोनाका कारण हाताताही भएको र नेपालमा समेत यसको निकै ठुलो प्राभाव परी राज्यको थुप्रै कोष खर्च भइरहेको अवस्थामा मन्त्री तथा सांसदहरुले चाडपर्ववाफतको भत्ता लिनु उपयुक्त नभएको उनले बताए।
साथै मन्त्री सुवेदीले आफ्नो खातामा उक्त रकम नहाल्न लेखालाई निर्देशन दिएको समेत जानकारी दिए।