सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपी देउवा कैलाली प्रहरीको प्रमुखमा खटाइए

२०७७ कार्तिक ३, ०३:१५ खबर संवाददाता

धनगढीः कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरिक्षक दिलिप देउवालाई दिईएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले देउवालाई कैलाली प्रहरीको प्रमुखका रुपमा खटाइएको जानकारी दिए ।

दंगा नियन्त्रण प्रहरी गण कञ्चनपुरमा कार्यरत प्रहरी उपरिक्षक देउवालाई आजदेखि काजमा कैलाली खटाइएको उनले बताए ।

कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौँमा छन् ।

उनी उपचारका लागि काठमाडौँ गएपछि कार्यालय प्रमुख विहिन बनेको कैलालीका अपराधिक गतिविधि बढेपछि प्रहरी उपरिक्षक देउवालाई खटाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस