हाँस्य कलाकार शिवहरी पौडेलकी आमाको निधन
काठमाडौं: हाँस्य कलाकार तथा चलचित्र निर्माता, निर्देशक शिवहरी पौडेलकी आमाको निधन भएको छ।
गएराति उनको १०० वर्षको उमेरमा निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा। एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा। १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा।’