धनगढीमा कनरी पार्कको उद्घाटन
धनगढी उप–महानगरपालिका वडा नम्बर १५ मा स्थापना गरिएको कनरी पार्क उद्घाटन गरिएको छ।
आइतबार धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पार्कको उद्घाटन गरेका हुन। नगरप्रमुख नृपबहादुर वडले कनरी पार्कलाई गुरु योजना अनुसार थप ब्यबस्थीत बनाउदै लैजाने बताए।
कोरोना कारण केहि महिना ढिलो आएर पार्कको उद्घाटन गरिएको बताउँदै उनले आजदेखि सर्बसाधारणका लागि पार्क पनि खुला गरिएको बताए। सोही वडामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ उनले बताए।
यस्तै धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले पार्क घुमफिर गर्नेहरुले सो भित्रका नियम पालना गर्नुपर्ने बताईन्। पार्क प्रवेश गर्नका लागि धनगढी उप–महानगरपालिकाले न्यूनतम् शुल्कको ब्यबस्था समेत गरेको छ।