सुदूर नेपाललाई विश्वसँग जोड्दै

यो समय परिवर्तनको हो

२०७७ कार्तिक १, ०७:२६ खबर संवाददाता

-सुरेन्द्र शाह

अबको राजनीति सरल र सहि हुनुपर्छ। जनता र राष्ट्रियता केन्द्रमा रहनुपर्छ। राजनीति लाई नबुझेर राजनीति गर्नेहरुको झुन्डलाई केही चाहिदैन न त परिवर्तन आबश्यक ठान्छन न त परिवर्तन गर्ने सामर्थ्य राख्छन्। नेपालमा हामी युवाहरु राजनीतिबाट टाढा बसेर परिवर्तन भएको हेर्न चाहानेको कमि छैन। सत्य के हो भने या त जस्तो छ त्यस्तै सहजै स्विकार्नु पर्छ, होईन ठिक छैन भने आफै ठिक बनाउने प्रयास गर्नु पर्छ। के हामी राजनीती ठिक बनाउने प्रयास गर्न सक्दैनौं ?

युवाहरु आ-आफ्नो तरिकाले लागिरहनु भएको पनि छ तर भएको के छ भने एउटा खोलामा मान्छेहरु माथिबाट बगेर आउँदै छन् तल मान्छेहरु ती बग्ने मान्छेहरुलाई बचाउन आफ्नो ज्यान जोखिममा पारेर बचाइरहेका छन्। बचाउने मान्छेहरु आफुले मान्छेलाई बचाएर गर्भ महसुस गरिरहेका छन् तर समस्या जति बचाए पनि बगेर आउनेको सङ्ख्यामा कमि आउँदैन। 

यस्को मतलब के बुझ्नुपर्छ भने समस्या त्यो बगेर आउनु होईन, समस्या कसरी बग्दै छन् भन्ने हो। पछि ती बचाउन लागेका मान्छेहरुले सोचे जतिसुकै बचाउन कोशिस गरेपनि समस्या समाधान हुँदैन किन ? माथि  कसरी बग्दैछन् हेर्नूपर्यो भनी माथि गएर हेर्दा पुलमा दुई जना मान्छेले पुल तर्न लागेका मान्छेलाई समातेर खोलामा फाल्दा रहेछन्। अब ती बचाउने मान्छेले ती दुई जनालाई तह लगाउछन् र समस्याको समाधान हुन्छ। 

नेपालमा धेरै युवाहरु ती खोलामा मान्छे बचाउनु समस्याको समाधान सम्झिरहनु भएको छ र लागिरहनु भएको छ। वास्तवमा समस्या कहाँ छ विचार गर्नुपर्ने बेला आएको छ अब। हामी क्लबको, संस्थाको ब्यानर बोकेर जान्छाँै काम गरिरहेका हुन्छौं। हामी विभिन्न काम गरिरहेका युवाले सोच्नु पर्छ अब। काम त ठिक र राम्रो हो तर समस्याको समाधान हो कि होईन।

कतै त्यहि माथिको खोलामा मान्छे बचाउने मान्छेको कोशिस जस्तै त गर्दैछैनौं ? अब युवाले समस्या पहिचान गर्नु र त्यसको समाधान गर्नसक्नु अबको आवस्यकता हो। नितिको पनि नीति राजनीति हो हामी हाम्रा समस्या के हुन् ती समस्या नै भुलि सकेका छाैँ। हाम्रा समस्या बेरोजगारी, भ्रष्टाचार शिक्षा, स्वास्थ्य, यातायात, विकास, गरिवी यी समस्या हुन्। तर हामीलाई यी सब समस्या हुन् भन्ने समेत भुलिसकेका छौँ। सरकारले अलझाई रहन्छ हामी अल्झिरहनु पनि समस्या बनेको छ। 

समाधान राजनीतिले गर्छ भन्नेमा प्रष्ट हुनु पर्छ। तपाईं हामिले फेर्ने सास पनि राजनीति राम्रो छ भने राम्रो सास फेर्न पाउँछौ यदि राजनीति गलत छ भने धनगढी बजारमा हिँडदा जस्तो धुलो खान्छाैँ, त्यस्तै धुलो वाला सास फेर्न पाउँछौ। राजनीति गलत हो भन्ने बुझाई अहिले विस्तारै घट्न थालेकोे छ। युवाहरूलाई  टेक्नोलोजीको प्रयोगले विश्व राजनीति बुझ्न सहज भएको छ। बिहारमा पुस्पम प्रीया चौधरी, कनैया कुमार जस्ता युवा राजनीतिक हस्तक्षेप गर्न तयार हुने तपाई हामी युवा पार्टीको नाम सुन्नासाथ भाग्नुपर्ने तर्सिनुपर्ने किन ? 

पार्टी साधन मात्रै हो साध्य होईन ईमान बद्ल्नु हुदैन तर समय परिस्थिति अनुसार बिचार बदल्न सक्नुपर्छ। नेपालमा बालबालिका र युवाको जनसंख्या अहिले ७४% छ यो संख्या सधैं रहँदैन र देशको लागि केही गर्नुपर्छ भन्ने युवा जमात देश विदेशमा जहाँ भएपनि अथाह हुनुहुन्छ। हामी मुठ्ठीभर केही पुरानो नेतृत्वलाई आफ्नो सर्वोपरि ठानिरहेका त छैनौ, रुगुट र उपगुट को राजनीति गरिरहेका त छैनौँ ?भ्रष्ट सिस्टमलाई समर्थन त गरिरहेका छैनौँ ? 

पहिला जे भयो भयो सहि भयो या गलत भयो त्यतातिर नअल्झेर अब के गर्न सकिन्छ ? नेपालको समस्या नेपालको अस्तव्यस्त राजनीति हो स्पस्ट छ। अब मुद्दा काङ्ग्रेस हुने कि नेकपा भन्ने रहेन। पुरानो पुस्तालाई विस्थापित गरी युवाहरु राजनीतिमा स्थापित हुने कि नहुने भन्ने हो। राजनीति फोहोर छ भनेर तपाईं सफा हुनुको कुनै औचित्य छैन। देशमा साधन स्रोत सम्भावना प्रसस्त छ। हात हातमा टेक्नोलोजी पनि छ। के सहि हो के गलत हो थाहा नभएको जनसंख्या पनि न्युनतम होला। तर पनि हामी किन परिवर्तनको नजिक छैनौँ ? 

अब तपाईं कुन पार्टीको र म कुन पार्टीको त्यो महत्वपूर्ण कुरा होईन तर गलत परिपाटी बदल्नु पर्छ भन्नेमा सहमति हुने कि नहुने स्वतन्त्र नागरिक मात्रै हुने कि जिम्मेवार नागरिक पनि हुने। अब तपाईंले जिम्मेवारी महसुश गर्ने कि नगर्ने ? जसरी हामी हिन्दु भएकोले अरु धर्म गलत हो भन्ने गलत परिपाटी छ, त्यसरि हामि कुनै एक पार्टी भएकोले मात्रै अर्को पार्टी गलत देखिरहेका त छैनौ ? 

फोहोर राजनीति सफा गर्नु अबको चुनौती हो। यो चुनौती स्विकार गर्ने युवा हो। जिम गएर पाखुरा फुलाउनु युवा हुनु होईन त्यो पाखुरामा हिमाल पहाड तराईको जिम्मेवारी बहन गर्नसक्नु वास्तविक युवा हुनु हो। हामी धेरै जना नागरिक सबैले आफु स्मार्ट भएको महसुश गर्छौं तर जब चुनाव आउँछ आत्मघाति मत हालेर आफ्नै सन्तानको भविस्य माथि खेलबाड गर्छाँै। मत के हो रु लोकतन्त्र के होरु यसको महत्व बुझ्नुपर्छ। 

तपाईं हामी सहि र पोलिसि मेकर गलत भयो भन्य तपाईं हामी सहि हुनुको कुनै मतलब हुँदैन। पोलिसि मेकर सहि भयो भने आधा समस्या त समस्या नै रहँदैन। जस्तसै बेरोजगारि समस्या समाधान मात्रै भयो भनेपनि नेपालीका आधा समस्या समाधान हुन्छन, राजनीति निस्वार्थ सेवा हो। समस्या त तब भएको छ यसलाई कमाई खाने भाडो बनाइएको छ। गलत राजनीतीलाई गालि गरेर राजनीति सहि हँुदैन तर गलत राजनीतिलाई विस्थापित गर्न सहि राजनीति स्थापित गर्न नागरिक जाग्नै पर्छ। 

जिन्दगी काट्नको लागि होइन र सास फेर्नु मात्रै बाच्नु होईन। गाउँ गाउँबाट वस्ति वस्तिबाट उठी समस्या के हो पत्ता लगाऔं। समस्या राजनीति नै हो भने राजनीतिक हस्तक्षेप गर्न आफुलाई तयार पारौँ। जिन्दगी एउटा खेल हो। तपाईं खेलौना बन्ने कि खेलाडि त्यो तपाईंमा निर्भर हुन्छ। अहिलेको समस्या भ्रष्ट असक्षम राजनीतिक नेतृत्व हो। 

त्यसलाई मलजल गर्ने तपाईं हाम्रो मौनता हो। समस्या राजनीति हो भने समाधान पनि राजनीति नै हो। स्पस्ट रूपमा समस्याको पहिचान गरी समस्या समाधान तिर लाग्नु अबको आवस्यकता हो। यो समय परिवर्तनको हो। तपाईं हामी त्यसका समवाहक हौँ। यतिबेला नेपालको घडिमा परिवर्तनको घण्टी बजिरहेको छ। तपाईं हामी जाग्न जरुरी भइसकेको छ।

कमेन्ट लोड गर्नुस