पोका पारेर राखिएको अवस्थामा २३ किलो सुन बरामद

२०७७ कार्तिक १, ०६:३९
काठमाडौँ: प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा २३ किलो सुन बरामल भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।
सुन कसले राखेको भन्ने बारेमा केहि नखुलेकाले अनुसन्धान सुरु भइसकेका प्रहरीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस