डडेल्धुराका ६ सहित थप १४ जनामा संक्रमण पुष्टि
धनगढीः डडेल्धुराका ६ सहित थप १४ जनामा संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २८ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का तीन जना, परशुराम नगरपालिका वडा नम्बर १२ का दुई जना, आलिताल गाउँपालिका वडा नम्बर ४ का एक जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै बैतडीको पाटन नगरपालिकाका ४ जना, दार्चुलाको मार्मा गाउँपालिकाका तीन जना र बैतडीको पञ्चेश्वरका एक जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले जानकारी दिए।