सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेता झलनाथ खनाल निको भई घर फर्किए

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक १, ०९:२१ रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई शुक्रबार घर फर्किएका छन्।

उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्व प्रधानमन्त्री खनाल घर फर्किएका उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो।

कमेन्ट लोड गर्नुस