सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा युवतीमाथि सामूहिक आक्रमणः दुई महिलासहित चार जना पक्राउ

२०७७ असोज ३०, ०७:१७ खबर संवाददाता

धनगढी: डडेल्धुराको नवदुर्गा गाउँपालिकाकी एक युवतीमाथि घरमै गएर कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय मिलन विष्ट, १९ वर्षीय ललित विष्ट, १९ वर्षीया मनिषा विष्ट र ४५ वर्षीया बेलुदेवी विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए। 

पीडित युवतीको उजुरीपछि उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सुवाकोटकी २३ वर्षीया शुशिला विष्टले आफुमाथि गाउँकै एक समुह आएर कुटपिट गरेको आरोप लगाएकी थिइन। 

गाउँकै एक युवतीको बारेमा भएको सामान्य विवादपछि ती युवतीको परिवार आएर असोज २१ गते आफुमाथि कुटपिट गरेको उनले बताएकी थिइन।

श्रीमान रोजगारीका लागि मलेसियामा रहेको बताउने उनले उक्त समुहले आफ्नो शरिरमा भएका सबै कपडाहरु च्यात्नुका साथै गोबर समेत खुवाएको आरोप लगाएकी थिइन। 

यो पनि पढ्नुस:

डडेल्धुरामा एक युवतीमाथि गाउँलेद्वारा घरमै कुटपिट, कपडा च्यातेर गोबर खुवाएको आरोप
 

 

कमेन्ट लोड गर्नुस