सरकारी सवारी साधनको दुरुपयोग भइरहेको भन्दै नेविसंघ डडेल्धुराद्वारा ज्ञापनपत्र

डडेल्धुरा: डडेल्धुरामा सरकारी सवारी साधनहरुको चरम दुरुपयोग भइरहेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले ध्यानाकर्षण गराएको छ। उक्त कार्य तत्काल रोक्न माग गर्दै नेविसंघले श्ुक्रबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई ज्ञापन पत्र बुझाएको हो।
सरकारी सवारी साधनहरु सरकारी कामवाहेक व्यक्तिगत कामका साथै अवैधानिक क्रियाकलापमा समेत दुरुपयोग गरिएको भन्दै चारदिन भित्र त्यसप्रकारका गतिविधी रोक्न अल्टिमेटमसहित प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाइएको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघ डडेल्धुराका नेता जगत ऐरले बताए।
चारदिन भित्र स्थानीय प्रशासनले कुनै कदम नचाले नेपाल विद्यार्थी संघले दुरुपयोग गरिएका सरकारी सवारी साधनहरु कब्जामा लिएर प्रमाणसहित कारवाहीका लागि स्थानीय प्रशासन समक्ष पेश गर्ने नेपाल विद्यार्थी संघ डडेल्धुराले जनाएको छ।
नेपाल विद्यार्थी संघ डडेल्धुराले भने स्थानीय प्रशासनले सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्न ढिलाई गरेमा चार दिन पश्चात त्यसकिसिमका कृयाकलापमा संलग्न ब्यक्तिहरुलाई समातेर प्रमाणसहित कारवाहीका लागि पेश गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिएको छ ।
