डडेल्धुराका थप २ जनामा कोरोना पुष्टि

२०७७ असोज २८, १०:४७
धनगढीः डडेल्धुरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले अमरगढी नगरपालिकाका एक जना र नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना परीक्षण गरिएको छ।


कमेन्ट लोड गर्नुस