सुदूर नेपाललाई विश्वसँग जोड्दै

महानायक राजेश हमालको पुतला दहन

२०७७ असोज २७, ०३:३७ खबर संवाददाता

काठमाडौं: हिन्दू समर्थकहरुले महानायक राजेश हमालको पुत्ला दहन गरेका छन्। राष्ट्रिय एकता अभियानको अगुवाईमा सोमबार काठमाडौंको भिमसेन गोलामा जातको प्रश्न नामक टेलिभिजन कार्यक्रममार्फत हमालले हिन्दूको अस्थित्वमाथि आँच आउने तथा हिन्दू बिरोधी विषयवस्तु उठाएको भन्दै पुत्ला दहन गरेका हुन्।

हिन्दू समर्थकहरुले क्रिश्चियन लगानीमा जातको प्रश्न नामक टेलिभिजन कार्यक्रममार्फत राजेश हमाल हिन्दूत्व समाप्त पार्ने खेलमा लागेको आरोप लगाएको छन्। साथै उनीहरुले उक्त टेलिभिजन कार्यक्रमलाई बन्द गरेर हिन्दु समाजसँग माफी माग्नुपर्ने मागसमेत गरेका छन्। 

केही महिना अघिबाट समता फाउण्डेसनले नेपाली समाजको विभेद र छुवाछुतको अन्त्यका लागि भन्दै उक्त कार्यक्रम सुरु गरेको हो। 

कमेन्ट लोड गर्नुस