सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अपराह्नसम्म ५१ प्रतिश मत खस्याे

२०८२ फाल्गुन २१, ०६:०७ खबर संवाददाता

धनगढी: कैलालीमा अपराह्नसम्म ५१ प्रतिशत मत खसेको छ ।  

जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा गरी अहिलेसम्म २ लाख ८२ हजार २५४  मत (५१ प्रतिशत) खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए।   

पछिल्लो विवरण अनुसार निर्वाचन क्षेत्र न १ मा ५४  हजार २४२ मत, क्षेत्र न २ मा ५१ हजार ९४२ मत, क्षेत्र न ३ मा ५६ हजार ८३ मत, क्षेत्र न ४ मा ५७ हजार १५ मत र क्षेत्र न ५ मा ६२ हजार  ९६९ मतदान भएको छ ।

कैलालीमा ६४१ मतदान केन्द्रमा मतदान जारी छ । कैलालीमा ५ लाख ५१ हजार मतदाता रहेका छन् ।

कमेन्ट लोड गर्नुस