कञ्चनपुरमा एक लाख ६९ हजार बराबरको अवैध सामान बरामद

२०७७ असोज २७, ०२:५५
धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले एक लाख ६९ हजार बराबरको अवैध सामान बरामद गरेको छ।
जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ६ मा भन्सार छली भारतबाट भित्र्याउँदै गरेको मोटरसाईकल,कपडा,धोती र सुपर पोटास मल सहित एक लाख ६९ हजार सात सय २० बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ।

कमेन्ट लोड गर्नुस