सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका थप १९ जनामा कोरोना पुष्टि

२०७७ असोज २७, १०:५५ खबर संवाददाता

धनगढीः डडेल्धुरामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले परशुराम नगरपालिकाका १७ जना र नवदुर्गा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६ जनाको कोरोना परीक्षण गरिएको छ।
 

कमेन्ट लोड गर्नुस