धनगढीमा सौचालय जान्छु भन्दै भागेका थुनुवा पक्राउ

धनगढीः धनगढीमा सौचालय जान्छु भन्दै भागेका थुनुवा पक्राउ परेका छन्।
बाल यौन दुराचार र चोरीको आरोपमा नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणका क्रममा सेती अस्पतालबाट भागेका धनगढी उप–महानगरपालिका वडा नम्बर १ का १९ वर्षीय सचिन नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले स्वास्थ्य परीक्षणका क्रममा सौचालय जान्छु भन्दै भागेका उनलाई अस्पतालको गेट बाहिरबाट पक्राउ गरिएको बताए।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका नेपालीमाथि अनुसन्धान भईरहेको निमित्त प्रहरी नायब उपरिक्षक विष्टले बताए।
*प्राविधिक त्रुटीका कारण यसअघि समाचारमा तलमाथि पर्न गएकोमा सच्याएका छौँ। –सम्पादक

