धनगढीमा घरकाे ताल्चा ताेडेर नगद सहित ३० तोला सुन चोरी
धनगढीः धनगढीमा घरकाे ताल्चा ताेडेर नगद सहित ३० तोला सुन चोरी भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती दुई लाख नगद सहित करिब ३० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दिनेश खबरलाई जोशीको घरको ताल्चा फुटाएर नगद सहित करिब ३० तोला सुन चोरी भएको जानकारी दिए।
उनका अनुसार जोशी स–परिवार असोज १८ गते काठमाडौँ गएका थिए। १९ गते राती चोरी भएको थियो। जोशीले २० गते घरमा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
चोरले नगद र सुन चोरी गरेपनि घरमा रहेका अन्य सामान भने नलगेको प्रहरीले जनाएको छ। उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले छुट्टाछुट्टै टोली परिचालन गरेको छ।

