सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाईको मासुसहित तीन पक्राउ

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७७ असोज २६, १०:५१ रासस

बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित आज तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ। उनीहरुलाई सात किलो गाईको मासु, हड्डी र छालासहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।

अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त परिणामको गाईको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो। घटना बारे थप अनुसन्धान र छानवीन भइरहेको प्रहरी उपरीक्षक रानाले बताए।
 

कमेन्ट लोड गर्नुस