सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तराष्ट्रिय सीमा नाका अझै एक महिना नखुल्ने

२०७७ असोज २६, १०:४२ खबर संवाददाता

सरकारले अन्तराष्ट्रिय सीमा अझै एक महिना नखोल्ने भएको छ। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने निर्णय गरिएको हो। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको छ। यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्मका लागि बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको हो।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ। बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ।

 

कमेन्ट लोड गर्नुस